शिक्षकसँगकाे बार्तामा गृहमन्त्री लेखककाे इन्ट्री

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा बार्ता जारी रहेकाे छ।हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता सुरू भएकाे हाे । सो बार्ता शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तकाे नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेकाे छ । बार्ता जारी रहेका बखतमा गृह मन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो । यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार