सवारीसाधनमा जरिवाना नलिइने

मंगलबार, असार २२, २०७८
मयुर प्लाई
Global Ime Bank

जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो । भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले  निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले  सरकारले जरिवाना छुट दिएको बताए । रासस

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार