विपद् र सडकलाई प्राथमिकतामा राखेर नार्पाभूमिले सार्वजनिक ग¥यो बजेट

बुधबार, असार २३, २०७८
मयुर प्लाई
Global Ime Bank

मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिए । उनका अनुसार बाढीपहिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो । बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उनले बताए । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो । संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताए । बाढीपहिराले बढी क्षति पु¥याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि रु ५० लाख विनियोजन गरिएको उनले बताए । साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न रु २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । रासस

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार