सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले भेरोशिलको दोस्रो मात्रा आउँदो आइतवार र सोमबार लगाउने भएको छ । पहिलो मात्रा भेरोशिल लगाएका ६० देखि ६४ वर्ष उमेर समूहकालाई उक्त खोप लगाइने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी सूचनामा उल्लेख छ । साथै पहिलो मात्रा खोप लगाएर विभिन्न कारणले दोस्रो मात्रा लगाउन छुटेकालाई पनि खोप कार्डको आधारमा खोप लगाइने जनाइएको छ । महानगरको २९ वटै वडामा राखिएको खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
यसैगरी गोदावरी नगरपालिकामा भने भेरोशिलको दोस्रो मात्रा शुक्रवार खोप लगाइने भएको छ । नगरपालिकाका १४ वटै वडामा राखिएका खोपकेन्द्रबाट खोप लिन सकिने व्यवस्था मिलाइएको छ । गोदावरीका वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।