उत्सर्जन छलीबापत मित्सुबिसीले ति¥यो दुई करोड ५० लाख यूरो जरिबाना

मंगलबार, असार २९, २०७८
मयुर प्लाई
Global Ime Bank

टोकियो । जापानी गाडी निर्माता कम्पनी मित्सुबिसी मोटर्सले यस वर्षको शुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो । जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको भागको रूपमा १० वटा स्थलहरूमा छापा मारेका थिए ।  मित्सुबिशी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिबाना सूचना जारी गरेको जनाएको छ । फर्मका प्रवक्ताले एएफपीलाई भने, ‘हामीले राम्रो जानकारीकोविरूद्ध अपिल भने गरेका छैनौं ‘जरिवाना रकम’ मार्चको अन्त्य पहिल्यै भुक्तान गरिएको थियो । उत्सर्जन उल्लङ्घन ‘जानाजानी वा इच्छापूर्वक गरिएको थियो’ भन्ने विषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको उनले बताए । 
ब्लुमबर्ग न्यूजले यसैबीच फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको उल्लेख गरेको छ । मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लूमवर्गले लेखेको छ । यस छानवीनले १.६ र २.२ लिटर ईन्जिनसहितका मित्सुबिशी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीहरूलाई उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम यूरो–५ र यूरो–६ गुणस्तर दर प्राप्त गरेको थियो । अभियोजकहरूले ईन्जिनहरू तथाकथित ‘शटडाउन’ उपकरणद्वारा बनेका छन् ताकि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्दछन् । सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर स्थापना गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो ।(एएफपी  

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार