५५ वर्ष माथिका ललितपुर महानगरवासीलाई साउन २ र ३ गते खोप 

मंगलबार, असार २९, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले ५५ वर्षमाथि महानगरवासीलाई  साउन २ र ३ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ । महानगरपालिकाका अनुसार महानगरका प्रत्येक वडामा रहेका खोपकेन्द्रबाट खोप कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल सरकारले २०७८ असार २९ गतेदेखि कोभिड विरुद्धको भेरोसिल लगाउने भनेपनि महानगरको नगरसभा संचालन भइरहेकाले असारमा खोप कार्यक्रम संचालन गर्न कठिनाई भएको महानगरले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार