अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

बुधबार, असार ३०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।  दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताउनुभयो । विसं २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उहाँले बताउनुभयो । उनले भने, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।” 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार