सोसल मिडिया
Contact Us
युनिकोड
मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले खाद्य पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य पदार्थ बिक्रीमा राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा लिवाली क्षेत्रमा भएको अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण नराखी बिक्री गरिएको पाइएको छ । हातले विवरण लेखिएको र म्याद नाघेको सामान जफत गरी नष्ट गरिएको छ । शर्मिला किराना पसल, आयान किराना पसल, नवीन स्टोर, लिवाली खाद्यान्न स्टोर, लबजू किराना पसल, आशगोपाल किराना पसललगायत खाद्य सामग्री पसलको अनुगमन गरिएको थियो । अनुगमनमा मूल्यसूची नराख्ने, खरीद बिल र बिक्री बिल लिनेदिने नगरिएको, तराजु नवीकरण नगरिएको, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएको छ । अनुगमनका क्रममा मस्यौरा, सुप, भुजिया, पापड, मसला, आइसक्रिम, खानेतेललगायत सामग्री जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।