सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउने निशुल्क दिन सुरु गरेका छन् । उनीहरुले राम्ररी मास्क नलगाउनेलाई राम्ररी लगाउन समेत अनुरोध गर्छन् । मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् । महानगरप्रमुख चिरीबाबु महर्जनले नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन यो अभियान सुरु गरेको बताए । संक्रमणबाट जोगिन मास्कको सही प्रयोग हुनुपर्ने स्पष्ट पारे । महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले महानगरको विभिन्न चोक र गल्लीमा पुगेर नलगाउनेलाई मास्क दिन र यसको सही प्रयोगलाई अनुरोध गर्न नगरप्रहरी खटिएको बताए । बिहीबारबाट सुरु गरिएको यो अभियानमा अहिलेसम्म ५ सय मास्क वितरण भएको छ । हाछेथुँका अनुसार धेरैलाई ठीक तरिकाले मास्क लगाउन नगरप्रहरीले सम्झाएका छन् ।