सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। ललितपुर महानगरपालिकाले साउन ४ र ५ गते ५०देखि ५४ वर्ष उमेर समूहका र सबै उमेरका क र ख वर्गमा पर्ने अपागंता भएका व्यक्तिलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी सूचनामा महानगरका प्रत्येक वडामा खोप केन्द्र संचालन गर्ने उल्लेख छ । महानगरका २९वटै वडामा समन्वय भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए । ¥यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले भने, ‘ सबै खोपकेन्द्रलाई सकेसम्म अपागंतामैत्री बनाउने प्रयास गरेका छौं । ’ खोप कार्यक्रम बिहान १०देखि ४ बजेसम्म संचालन हुनेछ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र अपागंता भएका व्यक्तिले अपागंता कार्ड लिएर जानुपर्नेछ । यो खोप एक मात्रामात्रै पर्याप्त हुने विज्ञहरुले बताएका छन् ।