सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले साउन ५ गते मंगलबार स्वास्थ्यकर्मी, सफाईकर्मी विदेश जान भिसा लागेका व्यक्तिहरुलाई समेत जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । यसका साथै ५० देखि ५४ वर्ष उमेरसमूहकाले पनि खोप लिनसक्ने छन् । ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि खोप उपलब्ध हुने महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको २९ वटै वडामा खोप केन्द्र राखिएको बताउँदै आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन अनुरोध गरे । ¥यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका उनले महानगरमा बसोबास गर्ने सबैलाई जतिसक्दो छिटो क्रमशः खोप व्यवस्था गर्न महानगर सक्रिय रहेको बताए । खोप लगाउन जाँदा सम्बन्धित व्यक्तिले उमेर खुल्ने परिचयपत्र लिएर जानुपर्नेछ ।