निजी क्षेत्रका लागि सहजीकरण गर्न सरकार तयार : प्रधानमन्त्री

मंगलबार, साउन ५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए । ‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ ।’ 
उनले परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आश्वसन दिएका छन् ।
प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको सङ्कटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताए । ‘कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौती हो’, उनले भने । 
भेटमा परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरेका  छन् ।
‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ’, उनले भने, ‘यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।’   अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे । परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए ।  परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान सङ्कटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा परिसङ्घका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह
पोखरा उद्योग वाणिज्य सङ्घले उद्योगी÷व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद भएको बताए ।  माग सम्बन्धमा स्वाथ्यमन्त्री गुरुङले सङ्घ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै यथासम्भव प्राथमिकताको आधारमा व्यवसायीलाई खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताए । सङ्घका प्रतिनिधिमण्डलले आजै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पनि सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धक गर्न आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार