ललितपुर महानगरमा फुटपाथ अतिक्रण गर्न रोक 

आइतबार, कात्तिक २३, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मकोे फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न  आजबाट निषेध गरेको छ । फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न , सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन । 
ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमणलाई रोकेको बताए । उनले भने, ‘ पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं , चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं । ’ फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको बताए । 
महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार