हाइड्रोलिकमा समस्या आएपछि बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

सोमबार, साउन ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पु¥याइएको छ ।  यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ । विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६ः३० बजे काठमाडौँ अवतरण भएको थियो  । सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार