सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । मुना कृषि लिमिटेडले मुना बजारको शाखा भैसीपाटीमा विस्तार गरेको छ । किसानले उत्पादन गरेको कृषि उपजलाई भान्सामा पु¥याउने उद्देश्यले उक्त बजार खोलिएको हो । उक्त बजारको शाखा यसअघि इमाडोल, गोल्फुटार र सानेपामा खुलिसकेका छन् । उक्त शाखाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कृषि र कृषकलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै त्यसले कृषकलाई हौसला प्रदान गर्ने बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले स्थानीय तहसँग सहकार्य गरेर यस्ता बजारलाई विस्तार गर्नुपर्ने बताए । उक्त बजारमा हुम्ला, जुम्लाका चामल लगायत रैथाने जातका गेडागुडी लगायत औषधिको गुण भएका जडिबुटीहरु पाइन्छन् । तरकारी, फलफूलपनि यहाँ पाइन्छ । मुना बजारले किसानको उत्पादनलाई उचित मूल्य दिई आफैं संकलन गरेर सफाई, ग्रेडिङ, प्योजिङ, कुटानी पिसानीको काम गर्ने लिमिटेडका अध्यक्ष युवराज गुरुङले बताए । उनले यो बजारलाई विस्तार गर्दै लग्ने जानकारी दिदैं ग्राहकको सेवा र सन्तुष्टि पहिलो प्राथमिकता भएको स्पष्ट पारे । स्थानीय उत्पादनलाई प्राथमिकता दिएको बताए ।