ललितपुर महानगरमा सिताराम हाछेथुँ 

आइतबार, कात्तिक २३, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल  मानिएका पूर्वट्राफिक प्रहरी इन्चार्ज सिताराम हाँछेथुलाई महानगरको नगर प्रहरी बल प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ । हाछेथुँलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारी सहित महानगरले नियुक्त गरेको हो । 
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका नगरप्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन सितारामलाई ल्याएको बताए । उनले भने, ‘्उहाँको कार्य क्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले ल्याएका हौं ।’ 
प्रमुख महर्जनले पूर्व ट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगरप्रहरी अझैं दक्ष हुने बताउँदै नमूना नगर प्रहरी बनाउन हाँछेथुको भूमिका महत्वपूर्ण हुने उनले बताए । 
महानगर भित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा सितारामलाई ल्याएको प्रमुख महर्जनले स्पष्ट पारे ।  
महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरका नगर प्रहरीको क्षमतालाई चुस्त बनाउन हाँछेथुलाई नियुक्त गरेको बताए । जनतालाई दिने सेवा प्रभावकारी र प्रशंसनीय भएकोले सितारामलाई नियुक्त गरिएको कोइरालाको भनाई थियो ।  
हाँछेथुले महानगरको नीति र निर्देशन अनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए । उनले भने, ‘ललितपुरका मेयर चिरीबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ, यो जिम्मेवारी पुरा गर्छु ।’ 
उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै टा«फिक व्यवस्थापन, सरसफाई र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताए । उनले महानगरका चिरीबाबु महर्जनलाई काम गर्ने अवसर दिएकोमा उहाँले समग्रमा ललितपुर महानगर परिवारलाई धन्यवाद दिए । 
२०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका सितारामले राष्ट्रप्रमुख, सरकारप्रमुख, नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाएका छन् । 
सितारामले कालिमाटी, कोटेश्वर,गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पूरा गरेका छन् । 
२९ वर्ष यो क्षेत्रका बिताएका सितारामलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ । ट्राफिक प्रहरीका विभिन्न प्रभाग, वृत्त र परिसरमा २८ वर्ष इन्चार्ज भएका काम गरेको सितारामले जनतासँग मिलेर काम गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार