स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्र साउदद्वारा गल्ती स्वीकार

सोमबार, साउन ३२, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार गरेका छन् । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराएका थिए ।  सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुन पदैन र ?’  जवाफमा निर्देशक साउदले भने, ‘नियम कानूूनको परिधिभित्रै रहेर सर्वोत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो ।  अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूना प्रश्न उब्जन दिइने छैनौँ ।’ सर्वोत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उनले भने, ‘आगामी दिनमा यस्ता नमूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।’ नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गरे । उनले भने, ‘कानूून र नियम हेरी शेयर किनेकै हो । नियमले मात्र हुुँदोरहेनछ, हाम्रो पछाडि समाज पनि छ, भन्ने अहिले महसुस भएको छ ।’ 
यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुुक्त गरिएका रेफ्री (निर्णायक)  नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वोत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राखेका थिए । सभापति दाहाले भने, ‘माननीयज्यूलाई पनि भन्न चाहन्छु आइपिओभन्दा बाहेक शेयरमा संलग्न हुुने कुराबाट आफूलाई टाढा राख्नुुहोला । हामी पनि नियामक निकायजस्तै भूूमिकामा छौँ । हाम्रो पनि नैतिकतासँग जोडिन्छ सचेत गराउन चाहन्छुु ।’  धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । मुलुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार