सोसल मिडिया
Contact Us
युनिकोड
भ्र्रष्टाचारविरोधी अभियान्ता भरत जङ्गम नाम सुन्ने वित्तिकै मानिसहरुको आँखा वरिपरि भ्रष्टाचारविरोधी अभियान्ता (जसले हरदम कालो टोपी लगाएको हुन्छ, निधारमा रातो टीका कहिल्यै छुटाउँदैन) प्रतिविम्म घुम्छ । पत्रकार, साहित्यकार, कडा प्रशासक, कानुनका ज्ञाता, इतिहास र संस्कृतिका ज्ञाता उनी पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले मास्टर्स तहमा यसै वर्षदेखि सुरु गरेको ‘गभर्नेन्स एण्ड एन्टी करप्सन स्टडिज’ अध्ययपन गराउने भएपछि चर्चामा छन् । उनकै पहलमा यो विषयको अध्यपन हुन लागेको हो । २१ वर्ष लामो मेहनतपछि यो पाठ्यक्रम त्रिविमा लागू भएको हो । एन्टी करप्सनमा विश्वविद्यालयका माष्टर्स तहमा अध्यापन हुने नेपाल पहिलो मुलुक भएको उनले दाबी गरेका छन् । त्रिविको नयाँ विषय, उनको दैनिक, एमसीसीका विषयमा शब्दपाटीले गरेको कुराकानी ।