चीनमा कच्चा स्टील उत्पादनमा कमीे

सोमबार, भदौ ७, २०७८
मयुर प्लाई
Global Ime Bank

बेइजिङ । चीनको कच्चा स्टीलउत्पादन गत महिना घटेको छ ।  राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको  पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भनेको छ । वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा आठ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो । एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो ।  हालैका वर्षमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।   चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार