सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कांग्रेसको क्रियाशील सदस्यता विवाद सकिएको छ । क्रियाशील सदस्यता विवादकै कारण कांग्रेस महाधिवेशन पर सरेको हो । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोपमा कांग्रेस केन्द्रीय कार्यालय सानेमा नेता कार्यकता अनशनमा समेत बसेका थिए । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ । सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएिछि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले आजमात्र प्रतिवेदन बुझाएको हो । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गसिकेको छ । अधिवेशनका लागि निर्वाचन समितिले पनि काम शुरु गरिसकेको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाउँदै बारा, सप्तरीसहित १३ वटा निर्वाचन क्षेत्रको विवाद सुल्झाउन पार्टीलाई सिफारिस गरेको थियो । सदस्यता छानविन समिति सदस्य रहेका नेता प्रदीप पौडेलले समायोजनसम्बन्धी विवाद हल भएको बताए । उनले नयाँ मापदण्ड अनुसार अब सदस्यता विवाद टुंगिएको बताए । ‘सदस्यता विवादकै कारण फेरि अधिवेशन सर्ने हो कि भन्ने आशंका जुन थियो, त्यो अन्त्य भएको छ,’ उनले भने, ‘वडा अधिवेशन तोकिएकै समयमा हुन्छ । यसले महाधिवेशनको सुनिश्चित गरेको छ ।’ कांग्रेसले पाँच पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरिसकेको छ । चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर विधानले दिएको थप एक वर्षको सुविधा र संविधानको ६ महिनाको समय पनि गुजार्दै कांग्रेसले मंसिरमा महाधिवेशनको मिति तोकेको हो ।
देउवा विरोधी नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा
नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन इतर पक्षका नेताहरूको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मितिभन्दा ढिला भएकामा ध्यानाकर्षणसमेत भएको जनाएको छ । बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने तथा आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिए । नेताहरूबीच पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक रूपमा गर्नुपर्ने विविध विषय र भावी दिनमा पार्टीलाई थप सशक्त नेतृत्वको आवश्यकताका बारेमा छलफल भएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, केसी, सुजाता कोइराला, शेखर कोइराला उपस्थित सहभागी थिए ।