साउनमा एक खर्ब ७१ अर्बको व्यापार

शुक्रबार, भदौ ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७÷७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो । आव २०७७÷७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७÷७८ मा कूल रु १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७÷७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा रु एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भारतबाट नेपालमा रु ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट रु १६ अर्ब ८६ करोड बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट रु २० अर्ब ९७ करोड बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै रु आठ करोड बराबरको निर्यात भएको छ ।
विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत  छ । 

सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा रु एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७÷७८ मा कूल रु एक खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो । यस अघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी रु एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको छ । सो शीर्षकमा रु एक खर्ब ६ अर्ब ९८ करोड बराबरको कर्जा उपलब्ध भएको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएकामा रु ५० अर्ब ९८ करोड कर्जा पुगेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ५०१ ऋणीको रु तीन अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा खर्च भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार