पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

शुक्रबार, भदौ ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८÷७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आव २०७७÷०७८ को पहिलो एक महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो । यस्तै चालू आवको पहिलो एक महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो । गत आव २०७७÷०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तैगरी नेपालले साउनमा मात्रै रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा रु ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०।५९ प्रतिशतले व्यापार घाटा बढेको हो । - रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार