‘झन्झटिलो प्रक्रियाले स्थानीय तहमा हुनुपर्ने जति विकास भएन ’- Kantika Sejuwal

सोमबार, भदौ १४, २०७८

जुम्लाको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल व्यक्तिगत कामसहित ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने कार्यक्रममा सहभागी हुन् काठमाडौं आएकी रहेछिन् । शब्दपाटीका लागि कुरा गर्न काठमाडौंको नाम चलेको रेष्टुँरामा उनीसँग भेट्ने कार्यक्रम तय गरेकी थिएँ । औपचारिक प्रश्न सुरु गर्नु अघि मैले उनलाई साधेँ —विशेष काम थियो काठमाडौंमा ? यो प्रश्नमा उनको उत्तर थियो —जुम्लाको लागि काठमाडौं टाढा छैन,काठमाडौंका लागि जुम्ला धेरै टाढा छ । भगिनी सम्बन्धले काठमाडौं उपत्यकालाई जुम्लासँग नजिक बनाउने विश्वास लिएकी छिन् उनले । चन्दननाथ नगरपालिका र काठमाडौं महानगरपालिकाबीच केही महिना अघि भगिनी सम्बन्ध स्थापित भएको थियो । कान्तिकाले अब काठमाडौं र ललितपुरमा भएको विकास निर्माणको अनुभव , सीप र योजना विकट मानिएको हिमाली जिल्ला जुम्ला पु¥याउने योजना बनाएकी छिन् । जुम्लासँग ललितपुर, काठमाडौले सिक्नुपर्ने धेरै विषय छन् । ती विषय अघि अब धेरैको सपनाको सहर भएको काठमाडौं उपत्यका भित्रिने बताउँछिन् उनी । ‘ यो कन्सेप्टले स्थानीय तहलाई सिक्ने सिकाउने मौका मिल्छ , अर्को क्षमता र सीप विकास गर्न सहयोग गर्छ ’ सबै स्थानीय तहबीच यो सम्बन्ध स्थापित हुनुपर्ने उनको धारणा छ । कान्तिका जहाँ पुग्छिन्, त्यहाँ राम्रो काम गर्छिन् । उनीले आफूप्रति गरेको दाबी होे यो । त्यत्तिमात्रआफूप्रतिको विश्वास समेत हो । आज सोचेको काम ÷ आजदेखिको ‘सपना’ पुरा हुनैपर्छ । यसलाई उनी आफ्नो बानी भन्छिन् । ‘मलाई ढिलासुस्ती पटक्कै मन पर्दैन, परिणाम जस्तो आओस् काम हुनुपर्छ ।’ आफैंप्रतिको टिप्पणी हो यो उनको । आफ्नो यो स्वभावका कारण अहिलेसम्म उनी विफल भएकी छैनन् । ‘भविष्यमा पनि हुन्न ,’ यो कान्तिकाको आफूप्रतिको दाबी र विश्वास दुबै हो । सार्वजनिक खरिद ऐन, यो प्रक्रिया अन्तर्गत काम गर्नुपर्छ स्थानीय तहमा । यो ऐन अनुसार काम गर्ने प्रक्रिया उनलाई पटक्कै मनपर्दैन ।साह्रै झन्झटिलो र लामो प्रक्रिया । यस्ता झन्झटिला प्रक्रियाले गर्दा स्थानीय तहमा जति हुनुपथ्र्यो त्यो रुपमा विकास हुन नसकेको बताउँछिन कान्तिका । भन्छिन् ,‘पैसा नभएको होइन , प्रक्रिया झन्झटिलो छ । ’ चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल सँग नगरपालिकामा भएको विकास निर्माण, जनशक्ति निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका कामका सन्दर्भमा शब्दपाटीले शब्दपाटीसँग जनप्रतिनिधि श्रृंखलामा कुराकानी गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार