सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् । जुन त्यहाँको इतिहासमै दोस्रो ठूलो मतसङख्या हो । कुल खसेको मतमा उनले ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । उनले ठूला फ्लोरिडा र टेक्सससहित २४ राज्यमा जितेको देखिन्छ । देशको केही भागमा ट्रम्पको असाधारण पकड देखिन्छ । तर उनी पराजित भएका छन् । अमेरिकाको आधुनिक इतिहासमा निर्वाचन हार्ने उनी चौथो बहालवाला राष्ट्रपति बन्न पुगेका छन् । त्यस्तै लगातार दुईवटा निर्वाचनमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न असफल उनी पहिलो राष्ट्रपति बनेका छन् । सन् २०१६ मा ट्रम्पले चुनाव जित्नुको आंशिक कारण उनी सामान्य मान्यताभन्दा फरक मत राख्ने राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्ति थिए जो पहिले कहिल्यै नभनिएका कुराहरू बोल्न तयार थिए । तर सन् २०२० मा उनले चुनाव हारे जसको आंशिक कारण पनि यही विषय बन्न पुग्यो । सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई भोट दिएका केही मानिसहरू उनको अत्यन्तै आक्रामक शैलीका कारण उनीबाट टाढिएको छन् । अमेरिकाका प्रमुख शहरहरूका बाहिरी भागमा रहेका स्थानहरूमा यो कुरा साबित भएको देखिन्छ जहाँ डेमोक्रयाटिक पार्टीले आफ्नो अवस्था सुधार गरेको छ । जातीय मुद्दालाई बढवा दिनु, ट्वीटरमा नस्लवादी भाषाको प्रयोग गर्दै अश्वेत मानिसलाई व्यङग्य गर्नुजस्ता कारण उनका समर्थकहरू चिढिएका थिए । ट्रम्पले अमेरिकाका मित्रराष्ट्रहरूको आलोचना गर्दै भ्लादिमिर पुटिनजस्ता सर्वसत्तावादी नेताको प्रशंसा गर्ने बानीबाट पनि सर्वसाधारणहरू चिढिएका थिए । पीट्सबर्गका चक होन्सटीनले चुनावी अभियानका बेला भनेका थिए,‘ मानिसहरू थाकिसके । उनीहरू यो देश सामान्य अवस्थामा फर्किएको हेर्न चाहन्छन् । उनीहरू शालीनता देख्न चाहन्छन् ।’ होन्सटीनले सन् २०१६ मा ट्रम्पलाई समर्थन गरेका थिए । उनले यो निर्वाचनमा जो बाइडनलाई मत दिएको खुलस्त बताए । ‘अमेरिकीहरु यो घृणा रोक्न चाहन्छन्, उनीहरू यो देशमा एकता देख्न चाहन्छन् र यसैकारण जो बाइडनले चुनाव जितेका हुन्’ होन्सटीनले भने । ट्रम्पका ठूलो राजनीतिक समस्या के पनि थियो भने उनी आफ्नो मुख्य आधार क्षेत्रभन्दा बाहिर आफ्नो समर्थन विस्तार गर्न असफल रहे । उनले त्यसो गर्न कोसिस समेत नगरेको देखिन्छ । सन् २०१६ मा उनले ३० वटा राज्यमा जितेका थिए तर उनले यसरी शासन गरे की उनी तीनै स्थानका अमेरिकीहरूका मात्रै राष्ट्रपति जस्तो बने । अघिल्लो निर्वाचनमा हिलरी क्लिन्टनले धेरै मत ल्याएको २० राज्यहरूका मानिसहरूलाई आफूनिकट ल्याउन उनले कहिल्यै प्रयास गरेनन् । उनलाई आलोचकले पछिल्लो १०० वर्षमा सबैभन्दा विभाजनकारी राष्ट्रपतिका रूपमा समेत व्याख्या गर्ने गर्छन् । ट्रम्पको चार वर्ष लामो पट्टयारलाग्दो कार्यकाल पछि धेरै मतदाता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिका रूपमा परम्परागत रूपमा व्यवहार गर्ने व्यक्ति चाहन्थे । तर सन् २०२० को निर्वाचन सन् २०१६ को पुनरावृत्ति थिएन । यसपटक ट्रम्प विद्रोही विपक्षी नभई सत्ताधारी नेता थिए र उनीसँग परम्परा कायम राख्ने चुनौती थियो । अघिल्लो चुनावमा हिलरी क्लिन्टनको छवि खराब बनाउन उनी सफल भएपनि बाइडनसँग त्यस्तो गर्न सहज थिएन । कोरोनाभाइरस महामारी सुरु हुनभन्दा अघि ट्रम्प महाभियोगको सामना गर्न सफल भएका थिए । उनीसँग बलियो अर्थतन्त्र एवम् बहालवाला राष्ट्रपति हुनुको फाइदा थियो । राष्ष्ट्रपतीय निर्वाचनमा एउटा साधारण प्रश्न सोधिन्छन् के देश चार वर्ष अघिको तुलनामा राम्रो बनेको छ ? तर कोभिड–१९ का कारण अर्थतन्त्रमा जुन किसिमको प्रभाव पा¥यो त्यसले ट्रम्पलाई असफल तुल्याइ दियो । ट्रम्पको पद कोरोनाभाइरसका कारण प्रभावित भएको भन्नु भने गलत हुन्छ । सङकटले महानता देखाउने अवसर पनि ल्याउन सक्छ । तर ट्रम्प कोरोनाभाइरस महामारी व्यवस्थापनमा असफल भए ।
बाइडन विजयीका पाँच मुख्य कारण कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपति उम्मेदवारको रूपमा छानेर बाइडनले मध्यपन्थी मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरे । सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकाङ्क्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन् । यो कसैले कल्पना गरे जस्तो निर्वाचन अभियान थिएन । एक शताब्दीमा एक पटक आउने महामारी अनि अभूतपूर्व सामाजिक अशान्तिका माझ निर्वाचन अभियान चलेको थियो । त्यसमाथि उनले एक अप्रत्याशित शैलीका अनि अचम्मका प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो । राष्ट्रपति हुने उनको तेस्रो प्रयासका बेला बाइडन तथा उनको टोलीले राजनीतिक अवरोधहरू छिचोल्दै विजयको मार्ग पहिल्याए । अन्तिम मतगणनामा उनले देशभरिबाट ट्रम्पभन्दा दशौँ लाख बढी भोट पनि बटुले । डेलावेअर राज्यका एक कार विक्रेताका छोरा बाइडनले राष्ट्रपति पद जित्नुका पछाडि यी प्रमुख पाँच कारण रहेका छन् । कोभिड, कोभिड, कोभिड मतसर्वेक्षणहरूका अनुसार धेरै मानिसहरूलाई कोभिडको व्यवस्थापन ट्रम्पले भन्दा बाइडनले राम्ररी गर्न सक्ने लागेको थियो । बाइडनले जित्नुको मुख्य कारण सम्भवतः उनको नियन्त्रणभन्दा पूर्णतः बाहिर रहेको विषय थियो । कोरोनाभाइरस महामारीले २,३०,००० अमेरिकीहरूको ज्यान लिनुका साथै अमेरिकी जीवनशैली र राजनीति पनि बदलिदियो । निर्वाचन अभियानको अन्त्यतिर राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले पनि यो कुरा स्वीकारेको देखिन्थ्यो । ‘मिथ्या समाचार दिनेहरूका निम्ति केवल कोभिड, कोभिड, कोभिड छ’, गत साता विस्कन्सिन राज्यमा भएको ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । सो राज्यमा केही दिनयता सङ्क्रमण निकै फैलिएको छ । सञ्चारमाध्यमले कोभिडबारे चर्चा गर्नु कृत्रिम कुरा नभई वास्तवमा जनचासोको अभिव्यक्ति थियो । यो विषयले राष्ट्रपतिले सङकट राम्ररी व्यवस्थापन गर्न नसकेको देखायो । गत महिना पीउ रिसर्च संस्थाले गरेको मतसर्वेक्षणमा कोभिड महामारी व्यवस्थापनको सवालमा कसलाई विश्वास गर्नुहुन्छ भनेर सोद्धा मानिसहरूले बाइडनलाई ट्रम्पभन्दा १७ प्रतिशत धेरै अङक दिएका थिए । महामारी र त्यसले उब्जाएको आर्थिक समस्याले ट्रम्पले रुचाउँदै आएको वृद्धि र समृद्धिको नारा ओझेलमा प¥यो । साथै उनले बेलाबखत ध्यान केन्द्रित गर्न नसकेको, वैज्ञानिक तथ्यलाई प्रश्न गरेको, नीतिहरूको जथाभावी कार्यान्वयन गरेको तथा दलगत स्वार्थलाई प्रमुखता दिएको जस्ता कुरामा अमेरिकी जनता चिन्तित भएको पाइयो । ट्रम्पको लोकप्रियतामा महामारीले नै धेरै असर पा¥यो । गर्मीयामका बेला एक पटक त त्यो झरेर ३८ प्रतिशतमा ओर्लिएको ग्यालप पोलले उल्लेख गरेको थियो । यो अवस्थाको बाइडन समूहले यथाशक्य उपयोग ग¥यो । हल्ला बिनाको प्रचारप्रसार
बोल्दा विवाद हुनसक्ने विगतको समस्यालाई पनि बाइडन टोलीले सम्हालेको देखियो । उनको लामो राजनीतिक जीवनयात्रामा बाइडन पटकपटक बोलीका कारण विवादमा परेका छन् । जिब्रो चिप्लिने समस्याका कारण नै उनको सन् १९८७ को राष्ट्रपतीय निर्वाचन अभियान त्यत्तिकै सकियो । अनि सन् २००७ मा पनि उनको त्यस्तै अर्काे प्रयास खेर गयो । ओभल अफिसको निम्ति आफ्नो तेस्रो प्रयासका बेला पनि बाइडनले बोलीका कारण केही समस्या त भोग्नुप¥यो, तर ती थोरै र अल्पकालिक मुद्दा मात्र बने । एक त पदासीन राष्ट्रपतिले नै नयाँ समाचारको खडेरी पर्नै दिएनन् । दोस्रो, कोरोनाभाइरस महामारी, जोर्ज फ्लोइडको हत्यापश्चात भएका विरोध प्रदर्शन तथा आर्थिक बेथितिजस्ता विषयले राष्ट्रको ध्यान तानिरह्यो । बाइडनको टोलीले त्यस्तो जिब्रो चिप्लिने सम्भावना नै कम गराउने रणनीति पनि लियो किनकि महामारीका कारण मानिसको जमघट गराएर प्रचारप्रसार गरिएन । त्यसैले त्यो सम्भावना कम भयो । बाइडनको टोली चुपचाप नै बस्यो र ट्रम्पलाई नै बोलिरहन दिइयो । अन्त्यमा यही रणनीति सफल बन्यो । ट्रम्पबाहेक जोसुकै यो निर्वाचन ट्रम्पबारे जनमत सङग्रह जस्तो भयो । निर्वाचनको दिनभन्दा अघिल्लो साता बाइडनको टोलीले उनीहरूको अन्तिम टेलिभिजन विज्ञापनहरू सार्वजनिक गरे जसको सन्देश गत वर्षको जस्तै थियो, अगस्टमा बाइडनले उम्मेदवारी स्वीकार्दाको जस्तै थियो । यो निर्वाचनलाई उनीहरूले ‘अमेरिकाको आत्माको निम्ति लडाइँ’ को रूपमा प्रस्तुत गरे । बाइडनले यसलाई गएको चार वर्षको विभाजन तथा अस्तव्यस्तताको अन्तको रूपमा आफ्नो उम्मेदवारी अगाडि सारे । त्यो नाराको पछाडि बाइडनको टोलीको सामान्य हिसाबकिताब थियो । ट्रम्प अति नै विभाजनकारी भएको र अमेरिकी जनताले शान्त र स्थिर नेतृत्व खोजेको उनीहरूको निक्र्याेल रह्यो । डेमोक्रयाटहरूले यो निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रतिस्पर्धाभन्दा पनि ट्रम्पमाथिको जनमत सङग्रहको रूपमा परिणत गरिदिए । बाइडनको विजयी सन्देश आफ ‘ुट्रम्प नभएको’ भन्ने थियो । डेमोक्रयाटहरुले बाइडनले जितेमा अमेरिकीहरू हप्तौँसम्म राजनीतिबारे नसोचीकन ढुक्कले बस्न सक्छन भन्ने सन्देश पनि बारम्बार दिए । ठट्टाको रूपमा त्यसो भनिए पनि त्यसमा सत्यको अंश थियो । मध्यमार्ग बाइडनले उम्मेदवार बन्ने क्रममा इलिजाबेथ वारेन तथा बर्नी स्यान्डर्सको चुनौती बेहोरेका थिए डेमोक्रेटिक पार्टीको उम्मेदवार को हुने भन्ने निर्वाचन अभियानताका बाइडनलाई दलभित्रकै अलि वामपन्थी खेमाबाट चुनौती दिइएको थियो । बर्नी स्यान्डर्स तथा इलिजाबेथ वारेनहरूको पर्याप्त कोषसहितको सङगठित अभियान समूह थियो जसले निकै भिड पनि बटुल्थ्यो । त्यस्तै उदारवादी खेमाको दबाव पनि उत्तिकै थियो । तर बाइडन आफ्नो मध्यपन्थी अडानबाट टसको मस भएनन्। उनले सबैको निम्ति सरकारी स्वास्थ्य उपचार सेवा, निःशुल्क कलेज शिक्षा तथा सम्पत्ति करको पक्षमा आफूलाई अघि सारेनन् । यसले गर्दा उनले धेरैभन्दा धेरै मध्यपन्थी तथा वर्तमान राष्ट्रपतिसँग असन्तुष्ट रिपब्लिकन मतदातालाई तान्न सके । उनले कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिको रूपमा छानेर पनि दलभित्रको वामपन्थीको प्रभाव नरहेको सन्देश दिन खोजेका थिए । जलवायु परिवर्तनविरुद्ध लड्न चुनाव किन महत्वपूर्ण वातावरण तथा जलवायु परिवर्तनका मामिलामा भने बाइडनको मत स्यान्डर्स तथा वारेनको मतसँग धेरै मिल्थ्यो । सम्भवतः युवा मतदाताहरूलाई यो मुद्दाले आकर्षित गर्न सके त्यसले ऊर्जामा निर्भर राज्यहरूका उद्योगमा आश्रित मतदातालाई धेरै ध्यान नदिए पनि हुने सोचाइ बाइडन टोलीको रह्यो । धेरै पैसा, थोरै समस्या टेक्ससमा बाइडन अभियानले धेरै पैसा खर्च गरेको थियो । यो वर्षको आरम्भमा बाइडनको निर्वाचन अभियान टोलीको कोष लगभग रित्तो थियो । जबकि राष्ट्रपति ट्रम्पले विगत चार वर्षको अवधिमा आफ्नो निर्वाचन अभियान कोषमा झन्डै एक अर्ब डलर बटुलेका थिए । तर अप्रिलयता भने बाइडनको टोलीले मज्जाले चन्दा बटुल्न सक्यो । ट्रम्प समूहले एकदमै धेरै खर्च गरेको हुँदा अक्टोबरको सुरुमा आइपुग्दा बाइडनको टोलीसँग ट्रम्पको टोलीभन्दा १४ करोड ४० लाख डलर धेरै रकम जम्मा भएको थियो । यो नगदले उनीहरूलाई अन्तिमतिर निर्णायक हुने ठानिएका राज्यहरूमा टन्न टेलिभिजन विज्ञापन गर्न सघाउ पुग्यो । पैसा मात्र सबथोक होइन । चार वर्षअगाडि हिलरी क्लिन्टनको टोलीसँग ट्रम्पको भन्दा धेरै पैसा थियो । तर सन् २०२० मा कोरोनाभाइरसका कारण धेरै अमेरिकीहरूले बढ्ता समय घरभित्रै सञ्चारमाध्यमहरू नियालेर विताइरहेको सन्दर्भमा बाइडनको टोलीसँग रहेको अतिरिक्त नगदले उनको सन्देश धेरैमा पु¥याउन सकियो । विगतमा जित्न कठिन मानिएका टेक्सस, जोर्जिआ, ओहायो तथा आयोवाजस्ता राज्यमा बाइडन टोलीले प्रचार व्यापक पार्न सक्यो । त्यस्ता धेरै प्रयास सफल त भएनन् तर त्यसले ट्रम्पलाई रक्षात्मक अवस्थामा पु¥याइदियो । एरिजोनामा जित नै हासिल भयो भने जोर्जिआमा अत्यन्तै कडा प्रतिस्पर्धा भयो । पैसाले निर्वाचन अभियानलाई विकल्प तथा अग्रसरता दिलाउँछ । बाइडनले तिनलाई फाइदाजनक रूपमा उपयोग गर्न सके । बीबीसीको सहयोगमा