पोखरा–सिमरा सिधाहवार्ई उडानले दुई प्रदेशबीचका सम्भावनालाई उजागर गर्ने विश्वास 

शनिबार, भदौ १९, २०७८
मयुर प्लाई
Global Ime Bank

गण्डकी । बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधाहवार्ई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम सकिएको छ । प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको टोलीले प्रदेश नं २ काविभिन्न स्थलको अवलोकन भ्रमणसहित सरोकार वालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको सिमरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशकापर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कँडेलले पोखरा–सिमरा सिधाहवाई उडानले आर्थिक नगरी र पर्यटकीय नगरीबीचको सम्बन्धलाई जोडेको बताए । पर्यटनको विकासकालागि सरकारकातर्फबाट नीतिगतख व्यवस्थाका लागि आफूले पहलगर्ने विश्वास व्यक्तगर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।  पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै पोखरा–सिमरा सिधा उडानलाई सुलभका साथै दीगो बनाउनुपर्ने आवश्यकता औँल्याए । 
पोखरा पर्यटन परिषद्का अध्यक्षगो पिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई बचाउने गरी कामगर्न सरकारलाई आग्रहगर्दै सुरक्षा मापदण्ड कायमगर्दै तत्काल सीमानाका पर्यटक आवागमन हुने गरी खोल्नुपर्ने बताए । 
नाट्टा सेन्टरकाअध्यक्षअच्युत गुरागाइँले आन्तरिक पर्यटनका साथै भारतीयपर्यटकलाई अधिकतम भित्र्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।  उक्त अवसरमामन्त्री कँडेलले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश नं २ का मुख्यमन्त्रीलाई गण्डकी प्रदेश भ्रमणका लागि पठाएको निम्तो नाट्टाप्रदेश नं २ मार्फत हस्तान्तरण गरे । त्यस्तै नाट्टा गण्डकी प्रदेशकातर्फबाट नाट्टाप्रदेश नं २ लाई पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित पोखरा भ्रमणका लागि निमन्त्रणा दिइयो ।
नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले तीन दिने अवलोकन भ्रमण एवं अन्तरक्रिया प्रभावकारीरूपमा सफलबनेको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गरे । मन्त्री कँडेलसहितको टोलीआजै सिमराबाट हवाई उडानमार्फत पोखरा फर्किएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार