भारतीय कोइलाको सर्वाधिक ठूलो बजार नेपाल

एक वर्षमै भित्रियो ८ लाख टन कोइला
बिहीबार, भदौ २४, २०७८
मयुर प्लाई
Global Ime Bank

नयाँ दिल्ली : भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ ।  भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।  उत्पादनभन्दा माग बढी भएकोले आपूर्तिमा कठिनाई भएको मन्त्रालयले जनाएको छ । ‘माग बमोजिम आपूर्तिमा कठिनाई भए पनि भारतले आर्थिक वर्ष ०२०÷०२१ मा आफ्ना छिमेकी मुलुकमा गुणस्तीय कोइला निर्यात गरेको छ ,’ मन्त्रालयले भनेको छ । पर्याप्त कोइला खानीका बाबजुद उत्पादित कोइलाले माग धान्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । भारतले उच्च गुणस्तरको कोइला आपूर्ति सिमित भएको पनि स्वीकारेको छ । माग र आपूर्ति संतुलित पार्न तथा गुणस्तीय कोइला उत्पादन गर्न अन्य मुलुकबाट खरानी कम भएको कोइला आयात गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भारतले विभिन्न देशबाट कच्चा कोइला आयात गर्छ ।-एजेन्सी

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार