अरुण तेस्रोको रुट परिवर्तनसँगै रोक्का जग्गा फुकुवा

बिहीबार, भदौ २४, २०७८
मयुर प्लाई
Global Ime Bank

खोटाङ  :  अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको रुट (बाटो) परिवर्तनसँगै खोटाङमा रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो ।  संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरुण तेस्रोको टिएल टावर निर्माणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले १० मंसिर २०७६ मा  गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै स्थानीय ३०-४० घरका एक सय ३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरेको थियो ।  तर, अहिले आएर पहिरो, खोलाखोल्सी, मानववस्ती, पहरा लगायतका प्राकृतिक अवरोधलाई छल्नका लागि जलविद्युत आयोजनाको रुट परिवर्तन भएपछि २०७६ सालदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ८ भदौमा  बसेको मुआब्जा निर्धारण समितिको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको भन्दै प्रशासनले रोक्का जग्गा फुकुवाका लागि १५ भदौमा जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।  अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको पुरानो रुट परिवर्तन लगत्तै पुःन नयाँ रुटले अधिग्रहण गर्ने जग्गा एकीन गर्न सुरू गरिएको छ । अरुण तेस्रोको प्रशारण लाइनले ओगट्ने दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण संकलन सुरू गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रविण यादवले बताए ।-न्यूज कारखाना  

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार