ब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्न नहुने चिनियाँ राष्ट्रपति सीको भनाइ 

बिहीबार, भदौ २४, २०७८
मयुर प्लाई
Global Ime Bank

बेइजिङ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ वर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् ।  बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले बितेका १५ वर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ ।” 
उनले पाँच देशहरु बीचको व्यावहारिक सिर्जना, साझा जीत सहयोगमा जोड, सहयोगहरूको बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताए । 
उनले भने, “पाँच देशहरूबीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरू अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन् ।’
आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४औँ वार्ताको संयोजन गर्नेछ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताएका हुन् । 
ब्रिक्सका सदस्य साझेदारहरूसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यावहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने विश्वास चीनले लिएको उनले बताए । यो साझेदारीले चुनौतीहरूलाई संयुक्तरूपमा सामना गरी सुन्दर भविष्य सिर्जना गर्न सकिने छ चिनियाँ राष्ट्रपतिले बताए ।– रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार