सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एसीसी) सहमति भएको लामो समय भइसक्दा पनि नेपालको संसद्ले अनुमोदन नगरेपछि अनुमोदनमा दबाब दिन एमसिसीका अधिकारी अहिले काठमाडौंमा छन् । नेपालको चारदिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आएको हो । नेपाल रहँदा यो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडैं आएको हो । काठमाडौं ओर्ले लगत्तै फतिमा सुमारले प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गरी राजनीतिक वातावरण बनाउने प्रयास गरिन् । यसअघि सत्ता थठबन्धन दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेकी थिइन् । उपाध्यक्ष फतिमा सुमारले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई भेटेकी छन् । बिहीबार साँझ भएको भेटवार्तामा जसपाले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् । “नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल १ प्रमुख दलहरूबीच सहमतिर आवश्यक निर्णय गरिने जानकारी,” भट्टराईले लेखेका छन् । भेटवार्तामा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।