सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) सेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर निष्कासन गरेकाे थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।-न्युज कारखाना