राजर्षि जनक विश्वविद्यालयमा लगाइएको ताला अझै खुलेन

शुक्रबार, भदौ २५, २०७८
मयुर प्लाई

जनकपुरधाम :  राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय कार्यालय जनकपुरमा पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षकहरूले करारमा नियुक्तिको माग गर्दै गरेको तालाबन्दी अझै खुलेकाे छैन । विश्वविद्यालय व्यवस्थापन पक्षले वार्ता गर्ने वातावरण नबनाएपछि ताला नखोल्ने आन्दोलित शिक्षकहरूले अडान लिएका छन् । करार नियुक्ति माग्दै उनीहरूले विगत १५ दिनसम्म सांकेतिक आन्दोलन गर्दै आएका थिए । तर विश्वविद्यालयले कुनै चासो नदेखाएपछि उनीहरूले बुधबार उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरेका थिए । बिहीवार उपकुलपति प्रा. भरत झाले प्रहरीलाई बोलाएर ताला फोडे पनि शिक्षकहरूले पुनः ताला लगाएका छन् । माग पूरा नभएपछि आन्दोलित ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षकहरूले तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति प्रा. झा छलफल गर्न तयार भएका थिए । तर वार्ता गर्न प्रतिनिधिमै कुरा नमिलेको बताइएको छ ।  उपकुलपति झाले ताला खोलेर वार्ता गर्न भनेपछि आफूहरूले अस्वीकार गरेको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलीपकुमार यादवले बताए । -न्युज कारखाना 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार