कांग्रेसको मत एमसिसी सम्झौता पारित गर्नुपर्ने पक्षमा, सहयात्री संशोधनका पक्षमा उभिएपछि गठबन्धनमै असर

एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल
शुक्रबार, भदौ २५, २०७८
मयुर प्लाई
Global Ime Bank

 
काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ । 
नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छिन् ।   सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आएकी उनले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् । आजै उनले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेकी थिइन् ।  बिहीबार बिहान काठमाडौँमा आइपुगेकी उपाध्यक्ष सुमार दिनभर भेटघाटमा नै व्यस्त रहिन्
 । त्यसक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरेकी थिइन् । 

ऊर्जामन्त्री भुसालसँग भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गरेकी छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो ।
भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् । उनले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गरेकी थिइन् । 
जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताइन् । उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । 
भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीसहितको सहभागिता थियो । अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार