देउवाले सुमारलाई भने, ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’

शुक्रबार, भदौ २५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं :  प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।  प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए ।  एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।  उपाध्यक्ष सुमार हिजो (बिहीबार) काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार