गण्डकी विश्वविद्यालयको डिनमा डा कपिल अधिकारी नियुक्त 

शनिबार, भदौ २६, २०७८
मयुर प्लाई

गण्डकी ।  गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।
अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय) को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए । उनका अनुसार डा .अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार