नेपालले एमसीसी अनुमोदन गर्नेछ : उपाध्यक्ष सुमार

आइतबार, भदौ २७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं :  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् । अमेरिका फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् ।  ‘सम्झौताअनुसार नेपालले चाँडै नै संसद्‌बाट एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नेछ’, उनले भनिन्, ‘नेपालले जति सक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ, त्यति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले सबै राजनीतिक दलसँगको भेटमा पनि एमसीसी कार्यान्वयन गर्न जोड दिएकी थिइन् । चार दिने नेपाल भ्रमणमा उनले एमसीसी कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका नेताहरूलाई भटेकी थिइन् । सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा आठवटा सरकार बनिसकेका र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् । उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको पनि उल्लेख गरिन् ।

एमसिसी बारे एमालले धारणा बनाएको छैन : नेता भट्टराई 

नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले  सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए । ‘हाम्रो पार्टीले अहिले एमसिसीको बारेमा कुनै धारणा बनाएको छैन ।  सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन ? सत्तासिनको धारणा दल एमसिसी बारे के छ भन्नेमा हामी बेखबर छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो,’ उनले भने ।  नेता भट्टराईले एमसिसी पारित गराउन सरकारलाई आफूहरूको आवश्यकत्ता नै नपर्ने दाबी गरे । एमसिसीबारे एमालेको अहिले पोजिसन तय नभएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता उदयशमशेर जबराले भने एमसिसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसिसी पारित गराउन संसद‍्भित्र र संसद्‍बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने बताए । उनले एमसिसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने बताए ।  नेता राणाले एमसिसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशको जस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिइसकेको स्मरण गराए । अमेरिकी सेना आउँछ भन्ने कुरा गलत भएको उनको दाबी छ । ‘यो झुठो हो । एमसिसी इकोनोमिक सपोर्ट हो । अमेरिकी सेना नेपाल आउने भन्ने भ्रम फैलाइएको छ,’  उनले भने । पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यले एमसिसीमा भएका गलत प्रावधानहरू सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसिसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखेका छन् । उनले एमसिसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरबाही भएको बताए । ‘राष्ट्रिय हित के–के हुन ? भन्ने विषयमा लापरबाही भयो । अमेरिका नेपालमा ४०–५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन्,’ उनले भने । उनले अहिलेसम्म ४६ देशमा एमसिसी सम्झौता भएको र तीमध्ये तीन/चार देशमा सम्झौता खारेज भएको स्मरण गराए । ‘सम्झौतामा अमेरिकी कानुन लागु हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यै पनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदा पनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ,’ उनले भने ।  उनले एमसिसी इन्डो प्यासिफिक रणनीति (आइपिएस) को अंग हो कि होइन भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । ‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसिसीमा ९ वटा शर्त अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ,’ उनले भने ।

 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार