कोभिडले विद्यालय बन्द हुँदा दक्षिण एसियाका ४३ करोड विद्यार्थीको सिकाइ क्षमता प्रभावित

सोमबार, भदौ २८, २०७८
मयुर प्लाई

राष्ट्रसंघीय बाल कोष युनिसेफले दक्षिण एसियाका बालबालिकाको सिकाइमा डरलाग्दो असमानता देखिएको जनाएको छ । कोभिडका कारण लामो समय विद्यालय बन्द हुँदा यस क्षेत्रका ४३ करोडभन्दा बढी विद्यार्थीको सिकाइ क्षमतामा असमानता देखिएको हो । ‘दक्षिण एसियामा विद्यालय बन्द हुँदा यस क्षेत्रका लाखौ बालबालिका र उनीहरूका शिक्षकबीच भौतिक दूरी टाढा हुनुका साथै विद्यार्थीमा असमानता बढेको छ, ’ युनिसेफले भनेको छ । विद्यालय बन्द हुँदा विद्यार्थीको अध्ययन यात्रा पछाडि धकेलिएको पनि युनिसेफले जनाएको छ ।  घरबाटै अध्ययन गर्दा विद्यार्थीले तुलनात्मक रुपमा पहिलेको भन्दा थोरै सिकेका छन् । भारतमा १४ देखि १८ वर्षका ८० प्रतिशत बालबालिकाको सिकाइ तह घटेको छ ।  त्यस्तै, श्रीलंकामा बालबालिकाले पहिलेको तुलनामा थोरै पढेको प्राथमिक विद्यालयका ६९ प्रतिशत अभिभावकले गुनासो गरेका छन् । शारीरिक रूपमा अशक्त विद्यार्थीले अझै समस्या भोगेका छन् । पाकिस्तानको दुर्गम क्षेत्रका २३ प्रतिशत बालबालिकाको अनलाइन अध्ययनमा पहुँच नभएको पनि युनिसेफले जनाएको छ । लकडाउनपछि भौतिक रूपमा विद्यार्थीले शिक्षकलाई भेट्न नपाएको  अध्ययनमा जनाइएको छ । यसैबीच, १८ महिनापछि पहिलोपटक बंगलादेशका विद्यालय खुलेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार