ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख

सोमबार, भदौ २८, २०७८
मयुर प्लाई
Global Ime Bank

तेह्रथुम । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका-२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो । कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका छन् । ज्योति लाइफको सुरक्षित बचत जीवन बिमा योजनाअन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बूको गत २ साउनमा सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार