समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अर्थतन्त्र
देश अब कम्तीमा चार दिन बजेटविहीन
देश अब कम्तीमा चार दिन बजेटविहीन
सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा संघीय संसद अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । यसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश भोलिदेखि निष्क्रिय हुँदै छ । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्म अर्थात् ५ दिनका लागि स्थगित गरेका छन् । भोलिबाट बजेट अध्यादेश निष्क्रिय हुँदा त्यसपछि चौथो दिनमा सोमबार बिहान ११ बजे संसद बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुनेछ । अर्थात् कम्तीमा चार दिन देश बजेटविहीन हुनेछ । यदि ४ असोजको बैठकले पारित गरेन भने देश थप समय बजेटविहीन हुनेछ । एमालेको अवरोध जारी रहेकै अवस्थामा सभामुखले बजेट विधेयकमाथि छलफल गराउँछन् कि पेलेर पास गराउँछन् भन्ने ४ गते नै थाहा हुनेछ । तर, यो विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घण्टाको समय हुनेछ । संशोधन दर्ता भए विधेयकमाथि छलफल गराउनुपर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसद पेस गर्दै सकेसम्म सहमतिमा र नभए प्रक्रियाअनुसार (बहुमतका आधारमा) बजेट विधेयक पारित हुने बताइसकेका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले पाँच/सात दिन नियमित सरकारी खर्च रोकिन सक्ने बताए । शर्माको भनाइबाट पनि देश कम्तीमा एक साता बजेटविहीन हुने देखिन्छ । बजेटविहीन हुँदा पेस्की अध्यादेश सरकारले ल्याउन सक्ने अनुमान छ । तर, शर्माले संसद चालू रहेकै अवस्थामा अध्यादेश ल्याउन नमिल्ने र पेस्की खर्च नगर्ने स्पष्ट पारे ।
कसरी उठ्छ कर ?
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताएका थिए । अर्थमन्त्रीले भनेको कर उठाउने विशेष व्यवस्था भनेको सामयिक कर असुल ऐन, २०१२ हो । देश बजेटविहीन भए पनि यो ऐनले छ महिनासम्म कर उठाउने अधिकार सरकारलाई दिएको छ ।सरकारले ऐनअन्तर्गत नेपाल राजपत्रमार्फत सूचित आदेश जारी गरेर करको दर घटबढ गर्न सक्छ । 'नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क या अरू कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र जनहितका लागि त्यस्तो भन्सार महसुल या अन्तःशुल्क या अरू कुनै कर तुरुन्त लागाउन वा बढाउन बाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ', ऐनमा भनिएको छ ।
यदि सूचित आदेशमा घटबढ गरिएको कर पछि विधेयक कानुन बनेर आउँदा थपघट भएमा बढी लिएको छ भने फिर्ता गर्नुपर्ने ऐनमा उल्लेख छ । 'सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकामा पछि कानुनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा पाँच रुपैयाँ फिर्ता दिनुपर्छ', ऐनमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
नंः २
मेडिकल काउन्सिलमा प्रा.डा. आनन्द शर्मासहित पाँच सदस्य नियुक्त
नंः ३
स्नेहाज केयरले गर्यो बधशालाबाट भागेको राँगाको उद्धार
नंः ४
ललितपुर महानगरपालिका वडा नं. १४ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरू (भिडियो)
नंः ५
नागदहमा भेटियो विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा
विशेष
फिचर - डोरिन्द्रराजको सन्देश : ‘कर्म गर्नेको हात भगवानले चुम्छन्’
बिहीबार, मंसिर १३, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्रीले भने, 'विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला'
शनिबार, पुस १३, २०८१
समाचार
लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि
शुक्रबार, फागुन १६, २०८१
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
शुक्रबार, फागुन १६, २०८१
नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी
शुक्रबार, फागुन १६, २०८१
रुस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत
शुक्रबार, फागुन १६, २०८१
एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान
शुक्रबार, फागुन १६, २०८१
थप समाचार
अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन, संयोजकमा नेपाल
मंगलबार, भदौ २९, २०७८
२८ सय बिन्दुमा उक्लियो शेयर बजार, ११ अर्ब ३९ करोड नाघ्यो कारोबार
मंगलबार, भदौ २९, २०७८
सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट
मंगलबार, भदौ २९, २०७८
सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×