दिसापिसाब रोकेर छात्राहरू अध्ययन गर्न बाध्य

बिहीबार, भदौ ३१, २०७८
मयुर प्लाई

सप्तरी । सप्तरी सदरमुकाममा रहेको राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयमा अध्ययनतर छात्राहरू दिसापिसाब रोकेर अध्ययन गर्नुपर्ने बाध्यता छ। कोरोनाभाइरस संक्रमणको दोस्रो लहरपछि विद्यालय खुलेको १० दिन भइसक्दासमेत चर्पीमा ढोका र सरसफाइ नभएको कारण  दिसापिसाब रोकेर पढ्न बाध्य भएको कक्षा १० मा अध्ययनरत छात्रा आरती झाले बताइन्। ‘हामीहरूले प्रयोग गर्ने दुईवटा चर्पी छ । एउटामा ढोका छैन । अर्कोमा आधामात्र ढोका छ। चर्पी एकदमै फोहर र दुर्गन्धित छ। जान सक्ने अवस्था छैन । कसैलाई चासो पनि छैन’, उनले भनिन् ।  ‘एक दिनमात्र होइन कति दिनसम्म दिसापिसाब रोकेर पढ्न सक्छौ ?’, सोही कक्षामा अध्ययनरत विनिता रजकले प्रश्न गरिन् ।  विद्यालयका कार्यालय सहयोगी तारा मण्डलका अनुसार विद्यालयले पैसा नदिएपछि सफाइकर्मी नआएपछि चर्पीको दयनीय अवस्था आएको हो ।  ‘विद्यालयमा १२ सय बिद्यार्थी छ , त्यसमा पनि छात्रा नै बढी छ । चर्पी त फोहोर हुनु स्वभाविक हो। दिनँहु सफा गर्नुपर्ने हो । त्यसको लागि विद्यालयले खर्च गर्न नखोजेकै कारण छात्राहरूले समस्या भोग्नु परेको हो’, उनले न्युज कारखानासँग भनिन् ।यस समबन्धमा विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले छात्राहरूको चर्पीमा भएको समस्या स्वीकार्दै समाधान गर्ने बताए ।  ‘म यस विद्यालयको प्रधानाध्यापक भएर आएको तीन दिन भयो । विद्यार्थी भर्ना अभियानमा लागेको छु । चर्पीको ढोका लगाउन लगाएर सरसफाइ गर्न लगाउनेछु’, उनले भने । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार