सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरको तीन सय ७९ वर्ष पुरानो प्रसिद्ध कात्र्तिक नाचको अक्षय कोष स्थापनाका लागि पचास लाख दिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कात्र्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई एक समारोहबीच चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण अघि नगरप्रमुख महर्जन र समितिका अध्यक्ष चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यो नाच मल्ल राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन् । कात्र्तिक नाच कात्र्तिक महिनामा देखाइन्छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले अक्षय कोषका लागि रकम दिन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘अघिल्लो वर्ष मैले यही डबलीबाट यो नाचको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने वचन दिएको थिएँ, आज त्यो पूरा भएको छ, त्यसैले म खुसी छु ।’ ललितपुर महानगरपालिकाले मूर्त सँगसँगै अमूर्त सम्पदाको संरक्षण गर्न धेरै काम गरेको बताए । नाच, जात्र अमूर्त सम्पदाअन्तर्गत पर्छन् । उनले मूर्त र अमूर्त सम्पदा महानगरको पहिचान भएको बताए । पाटन दरबार क्षेत्रमा रहेको नरसिंह मन्दिरको निर्माण पनि महानगरले छिट्टै थाल्ने उनको भनाइ थियो । व्यापारीहरुको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । देगु तलेजुको पनि पुनर्निर्माणको काम सुरु भएको जानकारी दिए । ललितपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले महानगर भित्रका सम्पदा र संस्कृति नेपालकै चिनारी भएको बताए । ललितपुर महानगरपालिका वडा नं १६ ले यसअघि नै कात्र्तिक नाचका लागि वडास्तरीय बजेटबाट १० लाख दिइसकेको छ । कार्यक्रममा नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले महानगरपालिकालाई धन्यवाद दिँदै अक्षय कोषको रकम पाँच वर्षभित्र १० करोड पु¥याउने बताए । अक्षयकोष स्थापना भएपछि प्रत्येक वर्ष नाच सञ्चालन खर्च जोहो गर्दै हिँड्नु नपर्ने धारणा राखे । कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले मूर्त र अमूर्त सम्पदा, कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले यस कार्यका लागि वोर्ड सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको धारणा राखे । पाटन संग्रहालयका प्रमुख सरस्वती सिंहले ललितपुरको कला, संस्कृति र सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाएको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद कोइरालालगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो । कात्तिक नाच प्रस्तुत गर्दै कलाकार । फाइल कात्तिक नाच सञ्चालनका लागि खडा गरिएको अक्षय कोषमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन । शब्दपाटी