‘भीष्मराज ढुङ्गानाको पदीय आचारण पुँजी बजारको विकासविपरीत’

छानबिन समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझायो 
बुधबार, असोज ६, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मङ्गलबार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष एवम् उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।  धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानिनोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो । जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने धारणा राखे ।  शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार