नौ सयले बढ्यो सुनको मूल्य

बुधबार, असोज ६, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ । 
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार