सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुरको ग्वार्कोमा रहेको ग्लोबल अस्पतालले चाडपर्व लक्षित हेल्थ प्याकेज अघि सारेको छ । जुन प्याकेज अन्तर्गत ९५० रुपैयाँमा नै कोभिडको आरटी पीसीआर परीक्षण गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा उज्जवल ठाकुरले बताए । उनले भने दशै तिहार नजिंकिंदैछ यो बेला काठमाडौंबाट बाहिर टिका थाप्न जानेको संख्या धेरै हुन्छ जुन बेला कसैलाई कोभिड भएको छ भने उसले सबै परिवारलाई सार्ने सम्भावना रहने हुनाले सबैले पीसीआर परीक्षण गराएर ढुक्क भएर दशैं मनाउन पाउन भन्ने हेतुले यो प्याकेज ल्याइएको हो । उनले थपे, सबै बेला फाइदा मात्र हेरेर हुँदैन यो हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका हौं । सरकारले निजीमा २ हजार र सरकारीमा १ हजार रुपैयाँ पीसीआर शुल्क तोकेको छ । सरकारीमा पीसीआर परीक्षण गराउन भिडभाड हुने र निजीमा महंगो भएका कारणले धेरैले परीक्षण गर्न नसकेको भन्दै आफूहरुले सरकारी शुल्क भन्दा पनि सस्तोमा पीसीआर परीक्षण गर्ने सोचका साथ यो प्याकेज अघि सारेको जनाए । ग्लोबल अस्पतालमा अवस्थित नोभा डाइग्नोष्टिकका प्रबन्ध निर्देशक डा अजय जंग कुँवरले आफूहरुकोमा पीसीआर मेशिनदेखि त्यसमा प्रयोग हुने रिएजेन्ट सबै यूस फडीए अप्रुप्ड भएकाले यसको रिजल्ट पनि एक्कुरेट हुने बताए । उनले दशैंका बेला आफूमा कोरोना छ छैन भन्ने थाहा पाएर ढुक्क भएर घर परिवासँग सबैले रमाइलो गर्न सकुन भनेर यो अफर ल्याएको जनाए । सस्तो भयो भनेर कसैले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ नरहेको र आफ्नो ल्याबमा गरेको परीक्षण अन्तराष्ट्रिय स्तरको रहेको समेत उनले दाबी गरे । अस्पतालले कोभिडपछि देखिने पोष्ट कोभिड समस्या भएकालाई बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडीमा निशुल्क परामर्श दिने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी कोभिडसम्बन्धीा सम्पूर्ण अन्य सेवामा पनि अस्पतालले ५० प्रतिशत छुटमा सेवा दिने भएको छ । यो अफर आजदेखि शुरु भएर छठसम्म रहनेछ । यसैगरी अस्पतालले विद्यालय खुल्ने तरखरमा भएको बेला विद्यार्थीहरुमा कोभिडको जोखम बढी हुनसक्ने भन्दै उनीहरुका लागि पूर्व तयारी स्वरुप १० बेडको भेन्टिलेटरसहितको अत्याधुनिक एनआइसीयू स्थापना गर्न लागेको समेत डा ठाकुरले जानकारी दिए । यसैगरी डेन्टलसम्बन्धी सर्जरी देखि दाँतका सम्पूर्ण सेवाहरु थप्न लागेको समेत कार्यक्रममा जानकारी दिइएको थियो ।