विद्यालयका कर्मचारीको तलब वृद्धि

बुधबार, असोज १३, २०७८
मयुर प्लाई
Global Ime Bank

स्याङ्जा । हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब ९पारिश्रमिक० वृद्धि गरेको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो । विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु १७ हजार, बालविकासका कर्मचारीको रु १६ हजार र विद्यालयका कर्मचारीको रु १५ हजार मासिक पारिश्रमिक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार