घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, शनिबार विशेष साधारणसभा

शुक्रबार, असोज १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारणसभा शनिबार बस्दैछ । होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११ः३० बसे सुरु हुने सभामा घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेस हुनेछ ।  सभामा घोडीघोडाको एक सय कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेस हुनेछ । यता, घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने टुंगो लागेपछि २३ कात्तिक ०७७ देखि घोडीघोडाको सेयर कारोबार रोक्का भएको छ ।  अब दुई कम्पनी मर्ज भएपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीबीच २१ कात्तिक ०७७ मा मर्जसम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार