सोसल मिडिया
Contact Us
युनिकोड
कोलोम्बो : श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गरेका छन् । सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रूपमा रूपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताए । उनले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताए । विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तरराष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उनले बताए । क्याबरालले इलेक्ट्रोनिक्स र पोशाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको १०० प्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गर्नुभएको छ । यसैबीच, श्रीलङ्कामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, “कोभिड–१९ महामारीको दौरान गरिएको मौद्रिक उत्तेजना विस्तारै स्वभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।” उनले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सहयोग जारी रहने बताए । सरकारले २०२२ मा परिपक्व अन्तरराष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताउनुभयो । उहाँले आईएसबीको सट्टा सरकारी ऋण लिइने बताए ।– सिन्ह्वा