व्यापारीका नेताहरूकै पसलमा अखाद्य बस्तु छ्याप्छ्याप्ती 

आइतबार, असोज १७, २०७८
मयुर प्लाई
Global Ime Bank

जाजरकोट : 

उद्योग वाणिज्य संघले व्यापारीको संरक्षण मात्र होइन, म्याद नसकिएका खान योग्य बस्तुहरूमात्र बजारमा बिक्री गर्नका उर्दि पनि जारी गरिहेको हुन्छ। तर जाजरकोटमा भने उनै अधिकारका कुरा गरी कहिले नथाक्नेकै पसलमा म्याद गुर्जेका बस्तुहरू बरामत हुन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा बिहीबार ,शुक्रबार र शनिबार भएको अनुगमनमा अधिकारका कुरा गर्नेहरूकै पसलबाट भारी मात्रामा अखाद्य बस्तुहरू बरामत गरिएको छ । उद्योग वाणिज्य संघ नलगाड नगरपालिका पूर्वध्यक्ष धनबहादुर रावल, सदरमुकाममा रहेका उद्योग वाणिज्य संघकै पदाधिकारीको पसलबाट म्याद गुर्जेका बस्तुहरू अनुगमन टोलीले बरामद गरेको छ ।

उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीका अनुसार बाहिर ठूला कुरा गर्ने तर भित्रभित्र म्याद नाघेका अखाद्य बस्तुहरू बिक्री गर्नेमा उद्योग वाणिज्य संघका नेताहरू नै धेरै रहेका छन् ।

अनुगमनका क्रममा दर्ता नै नगरी व्यावसाय सञ्चालन गरेको, स्थानीय तहले समेत व्यापारीलाई कुनै पनि ताकेता नगरेको, एकै पसलमा धेरैथरी सामग्री राखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। राजनीतिक रुपमा आफू जोगिनका लागि स्थानीय तहले अनुगमन, नियमन तथा छलफल समेत नगरेको पाइएको छ ।

मुल्यसूची समेत नराखेको, पसलैपिच्छे एउटै सामानकाे फरक दररेट रहेकाे, पाइएको केसीले बताए । दशैँ र तिहारको मुखमै जाजरकोट भएर छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमलगाएतका जिल्लामा समेत दैनिक उपभोग्य बस्तुहरू निर्यात गरिन्छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार