लाभांश पारित गर्न रिडी हाइड्रोपावरले बाेलायाे साधारणसभा

मंगलबार, असोज १९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बाेलाएको छ  ।कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२ कात्तिकमा २०औँ वार्षिक साधारणसभा डाकेकाे हाे। सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने विषयको विशेष प्रस्ताव पारित गर्नेछ । नगद लाभांश वितरण गर्नेलगायतको प्रस्ताव छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि २ कात्तिकमा बुकक्लोज गर्ने छ । यस अनुसार १ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सयरधनीले मात्रै  कम्पनीको लाभांश प्राप्त गर्नसक्ने तथा साधारण सभामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार