कोभिडका कारण वायु सेवा क्षेत्रमा २ सय अर्ब नोक्सान 

मंगलबार, असोज १९, २०७८
मयुर प्लाई
Global Ime Bank

न्युयोर्क । कोरोनाभाईरसका कारण विश्वभर वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न बार्षिक बैठकमा यस्तो जानाकारी दिएको हो । कोभिडको प्रकोप नियन्त्रण नभएकाले अर्को वर्ष पनि वायु सेवामा यसको असर देखिने एसोसियशनले जनाएको छ । एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको जनाइएको छ ।  राष्ट्रिय र क्षेत्रीय हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताइएको छ ।  ‘वायु सेवामा कोभिडको असर ठूलो देखियो’ आइएटीएका निर्देशक जनरल विली विभिन्न देशका वायु सेवाका प्रमुखहरूको वैठकलाई सम्बोधन गर्दै वाल्सले भने । ‘कोभिडपछिको हवाई प्रतिवन्धका कारण मानिसहरु हवाई यात्राको आशा मार्न थालेका छन् ।’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतिवन्ध, अनिश्चितता, स्वास्थ्य मापदण्ड इत्यादिले सर्वसाधरणलाई सहज यात्रा गर्न कठिनाई भएको छ ।’

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार