एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

मंगलबार, असोज १९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीबाट सो पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार